काठमाडौं–
कांग्रेस सांसद एबम युबा नेता गगन थापाले देशमा कम्युनिष्ट नेता कार्यकर्ता बाहेक अब कोही पनि सुरक्षित नहुने बताएका छन ।
आइतबार प्रतीनिधीशभाको बैठकमा बोल्दै उनले सरकारले पछिल्लो समय ल्याउन लागेका बिधेयक र सरकारको शैली हेर्दा अब देशमा बर्तमान सरकारले नागरिका स्वतन्त्रता र प्रेस स्वतन्त्रता समाप्त पारी सकेको आरोप लगाएका हुन ।
थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन समेत आव्हान गरेका छन्।
उनले भने ुअभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तीलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गर्दछुु चलचित्र समालोचक प्रनेश गौतम, धर्म संस्कृतिको संरक्षणको माग गर्ने गुठीयारहरुलाई गरेको जस्तै व्यवहार सरकारले जो कसैलाई पनि गर्न सक्ने भएकोले उनले सबै सचेत हुनुपर्ने बताए।
नेता थापाले केहि समय अघी पशुपती शर्माअको गितलाई प्रतिबन्धा लगाएको प्रसङ्गा उठाउदै सरकार लाई मन नपरे जे सुकै गर्ने मनस्थितिमा सरकार देखिएको आरोप लगाए ।
मिडिया काउन्सिल विधेयक लगायतका सवै विधेयकलाई एक ठाउँमा राखेर हेर्यो भने यसबाट सरकारको आसय प्रस्ट हेनु उल्लेख गर्दै सरकारले के भन्न खोजेको रु सादय लेखक ब्रजेस खानालले लेख्नु भएको जस्तै भन्न खोजेको हो रु भन्ने प्रश्न गर्दै नेता थापाले लेखक ब्रजेसले लेखेको कबिता समेत स्मरण गरे ।
तँ बोल त्यतिमात्रै, जति म सुन्न चाहन्छु
तँ हेर त्यतिमात्रै, जो म देखाउन चाहन्छु
तँ सुन त्यतिमात्रै, जे म सुनाउन चाहन्छु
तेरो स्वतन्त्रताको घेरा मैले कोरेको शून्य भन्दा बाहिर छैन
किन की मलाई चिनेको छस्
म हुँ सरकार
हुँ म सरकार
म हुँ तेरो सरकार
सरकारको नियत र आशय यस्तै देखिएको छ।








