सुनको मूल्य बढ्यो, कति पुग्यो ?



काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँ बढेको जानकारी दिएको हो ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम छ ।

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलामा १९ सय ३० रुपैयाँ कायम भएको जनाएको हो । हिजो चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार  ११ : २९ बजे