‘दुई दिनको चोला’ गीत सार्वजनिक



काठमाडौं ।विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’ सार्वजनिक भएको छ । शिव परियारको स्वर र टेकेन्द्र नेपालीको संगीत र साहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा ध्रुव न्यौपाने, विपना बुढाथोकी, रोनीश खड्का, कुमार भारतीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छन् ।

गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । गीतमा अहंकार त्यागौं सँगै बाँचांै भन्ने सन्देश व्यक्त गरिएको छ ।

डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेएको छ । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

प्रकाशित मिति : जेष्ठ १८, २०८१ शुक्रबार  १२ : ०० बजे