काठमाडौं,२२ जेठ । भारतको लोकसभा चुनावको मतगणना जारी छ।लोकसभाको ५४३ सिटमध्ये ५४२ सिटमा मंगलबार साँझसम्म नतिजा आउनेछ।
भारतीय मिडियाका अनुसार हालसम्म केन्द्रमा सरकार बनाउन भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन ९एनडीए० र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स ९आईएनडीआईए० बीच प्रतिस्पर्धा देखिएको छ ।
गुजरातको सुरतमा भारतीय जनता पार्टी ९भाजपा० का मुकेश दलाल निर्विरोध निर्वाचित भएका छन्।
त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएकाले त्यहाँको निर्वाचन आयोगले मुकेश दलाल निर्विरोध निर्वाचित भएका थिए।
मंगलबार साँझसम्म सबै स्थानको अन्तिम परिणाम आइसक्ने आकलन गरिएको छ।
बीबीसीले जनाएअनुसार यो समाचार तयार पार्दासम्म ५४२ सिटको सुरुवाती रुझानमा नेसनल डेमोक्र्याटिक अलायन्स ९एनडिए० गठबन्धन २९९ र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन १९३ सिटमा अगाडी देखिएका छन् । यस्तै, ३२ स्थानमा अन्य दल अगाडि छन् ।














