काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३।५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।१५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५।९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४६।६४ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३।३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७४।१५ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९।८९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०।३० रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७७ रुपैयाँ रहेको छ । कतारी रियाल एकको खरिद दर ३६।६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३६।७९ रहेको राष्ट्र बैंकले जनाएको छ ।











