सुनचाँदीको मूल्य स्थिर, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा (आज) मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार  १० : ४७ बजे