काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना घाइते भएका छन्।
धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१/००६ ख ६५१२ नम्बरको इभी माइक्रो बस गजुरी नजिक आइपुग्दा बसमाथि रुख ढल्दा ७ जना यात्रु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन ।










