बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ ।त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसा पुगेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार  ७ : ३४ बजे