रुसको रणनीतिक महत्त्वको अर्को पुल ध्वस्त पारेको युक्रेनी दाबी



काठमाडौं । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रणनीतिक महत्त्व भएको दोस्रो पुल पनि ध्वस्त पारिएको जनाएको छ। उक्त क्षेत्रमा आकस्मिक आक्रमण गरेपछि युक्रेनले त्यहाँ सैन्य कारबाहीलाई निरन्तरता दिएको छ।

युक्रेनी सेनाले आइतवार ज्भानेस्थित सेम नदीमा रहेको पुलमा गरिएको हमलाको हवाई भिडिओ सार्वजनिक गरेको थियो।

त्यसको केही घण्टापछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलेले कुर्स्क क्षेत्रमाथिको सैन्य आक्रमणको उद्देश्य रुसी हमलालाई रोक्न एउटा ‘मध्यवर्ती क्षेत्र’ स्थापना गर्नु भएको बताए।

“अर्को एउटा पुल घट्यो,” युक्रेनी वायुसेनाका कमान्डर लेफ्टिनन्ट जेनरल मिकोला ओलेश्चुकले सामाजिक सञ्जालमा हमलाको फुटेज पोस्ट गर्दै लेखेका छन्।उनले युक्रेनी वायुसेनाका विमानहरूले अचुक निसानासहित हवाई हमला गरेर शत्रुको बन्दोबस्ती क्षमता कमजोर पारिरहेको जनाए।

उक्त भिडिओमा सो पुलमाथि धुवाँको ठूलो मुस्लो उठेको र पुलको एउटा भागमा क्षति पुगेको देखिन्छ। सो हमला कहिले भएको थियो त्यो स्पष्ट भइसकेको छैन।

गत साता युक्रेनले ग्लुस्कोभोनजिकै सेम नदीमा रहेको एउटा पुललाई नष्ट गरिदिएको थियो।क्रेम्लिनले रुसी फौजका लागि सरसामान आपूर्ति गर्न उक्त पुलको प्रयोग गर्दै आएको थियो।

यसअघि सैन्य विश्लेषकहरूले आफ्ना फौजलाई सामान आपूर्ति गर्न रुसले प्रयोग गरेका तीनवटा पुल त्यस क्षेत्रमा भएको पहिचान गरेका थिए। तीमध्ये दुइटा ध्वस्त भएका छन् वा तिनमा गम्भीर क्षति पुगेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।

युक्रेनी सैनिकहरू सीमा नाघेर रुसी भूभागमा प्रवेश गरेको दुई साता पुग्दा उनीहरू त्यहाँ बस्ने योजनामा रहेको स्पष्ट भएको छ।

शनिवार राष्ट्रपति जेलेन्स्कीले आफ्ना सैनिकहरूले कुर्स्कमा नियन्त्रण कायम गरेको र उनीहरू रुसी भूमिमा अझ फैलिरहेको बताएका थिए।आइतवारको रात्रिकालीन सम्बोधनमा उनले भने, “कुर्स्कमा हाम्रो कारबाहीबाट रुसी सेना र रुसी राज्य, उनीहरूको रक्षा उद्योग र अर्थतन्त्रमा अझै पनि क्षति पुगिरहेको छ।”

उनले यो युक्रेनका लागि ूप्रतिरक्षा मात्रै नभएकोू भन्दै आक्रमणको उद्देश्य ूयथासम्भव युद्ध गर्न सक्ने रुसको सामर्थ्यलाई नष्ट गर्ने र अधिकतम प्रत्याक्रमणू गर्नु भएको बताए।

युक्रेनमाथि थप रुसी हमलाहरू रोक्न ूआक्रमणकारीको भूभागमै मध्यवर्ती क्षेत्र बनाउनेू उद्देश्य पनि भएको उनले बताए।बीब्सिीब्ँट

प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार  ७ : ३१ बजे