भारतमा बलात्कारपछि मारिएकी प्रशिक्षार्थी चिकित्सकबारे नभनिएको कथा



काठमाडौं । कोलकातास्थित अस्पताभित्र बलात्कारपछि हत्या गरिएकी महिला चिकित्सकप्रति न्याय माग्दै हातमा प्ल्याकार्ड बोकेर नाराबाजी गरिरहेका विद्यार्थीहरूतस्स्बिरको क्याप्शन,सन् २०२२ को सरकारी तथ्याङ्कअनुसार उक्त वर्ष भारतमा दैनिक सालाखाला ९० वटा बलात्कारका घटना दर्ता हुने गरेका थिए ।

बैसट्ठी वर्षको उमेरमा आइपुग्दा मेरा सबै सपना चकनाचुर भएका छन्। हामी अपराधीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने चाहन्छौँ ।

हामी भारतमा बलात्कारपछि मारिएकी ३१ वर्षीया चिकित्सकका पितासँगै उनैको घरमा छौँ। उक्त घटनाले अहिले सिङ्गो भारत स्तब्ध छ।

राम्रा छरछिमेकको बीचमा एउटा सामान्य सेतो घर छ। उनकी छोरीको विभत्स हत्यापछि यो घरले अहिले सारा सञ्चारमाध्यमको ध्यान खिचेको छ।

रात कसैको निजी सम्पत्ति हैनुस् भारतमा चिकित्सकको बलात्कार र हत्या भएपछि चर्को आक्रोश

भारतस् मृत्युदण्डले के बलात्कार रोक्न सक्छ ?

भारतीय कानुनका अनुसार पीडित र परिवारजनको परिचय खुलाउन नमिल्ने भएकाले यस सामग्रीबाट परिवारका सबैजनाको नाम र थर हटाइएको छ।

हाम्रो राज्य र देशमात्र होइन, सारा संसारले न्याय मागिरहेको छ, उनी भन्छन्।

पीडितकी आमा पतिको छेउमा चुपचाप बसिरहेकी छन्। उनी स्तब्ध देखिन्छिन्।

ती कनिष्ठ चिकित्सक घटनाका दिन कोलकातास्थित आरजी कर मेडिकल कलेजमा रात्रिकालीन ड्यूटीमा थिइन्। अगस्ट ९ को रात भवनको सभाहलमा आराम गरिहेका बेला उनको बलात्कार तथा हत्या भयो।

घटनाको केही समयअघि राति ११ बजेतिर आमासँग उनको कुरा भएको थियो।

आमाले हँसिलोसँग छोरीले फोनमा भनेका अन्तिम शब्द सम्झिइन्, बाबाले समयमै औषधि खाए–नखाएको निधो गर्नू। मेरो चिन्ता नलिनू१ू

त्यही नै हाम्रो अन्तिम कुराकानी थियो। भोलिपल्ट त उसको फोनमा घण्टीमात्रै गइराख्यो। बीबीसि बाट

प्रकाशित मिति : भाद्र ५, २०८१ बुधबार  १० : ३१ बजे