काठमाडौं उपत्यकामा भारी वर्षा, वाग्मतीमा जलसतहले पार गर्‍यो सतर्कता तह



काठमाडौँ । निरन्तरको वर्षासँगै काठमाडौँको बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । धोवी खोला र विष्णमतीमा पनि बाढी आएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ ।

प्रकाशित मिति : भदौ ५, २०८१ बुधबार  १० : ४२ बजे