इजरेलद्वारा लेबननस्थित हिजबुल्लाह निशानाहरूमा आक्रमण



काठमाडौं । इजरेलले हिज्बुल्लाहले आक्रमणको तयारी गरेपछि आत्मरक्षामा उक्त हमला गरेको जनाएको छतस्बिर स्रोत,
तस्बिरको क्याप्शन,इजरेलले हिज्बुल्लाहले आक्रमणको तयारी गरेपछि आत्मरक्षामा उक्त हमला गरेको जनाएको छ ।

इजरेली सेनाले आफ्ना युद्ध विमानहरूले लेबननस्थित हिजबुल्लाहका निशानाहरूमा आक्रमण गरिरहेको जनाएको छ।

इजरेलतर्फ क्षेप्यास्त्र र रकेट प्रहार गर्ने प्रयासहरू भइरहेको थाहा पाएपछि आक्रमण गरेको इजरेली पक्षको भनाइ छ।इजरेलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ।

तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ।संयुक्त राज्य अमेरिकाले इजरेललाई आफ्नो समर्थन रहने दोहोर्‍याएको छ।बीबीसि बाट

प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार  ११ : ५९ बजे