काठमाडौं । कुमारी बैंकको डेबिट तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुले र्याडिसन होटलमा छुट पाउने भएका छन् ।कुमारी बैंक लिमिटेड र र्याडिसनन होटलबीच कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुशार कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धि सेवामा २०%, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५% र केकहरुमा १०% छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलार्ई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।











