काठमाडौँ । बचतकर्ताको १६ करोड ठगी गरेको एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्।
उनीहरू पाँचै जना काठमाडौँका विभिन्न स्थानबाट भदौ १४ गते पक्राउ परेका हुन्। बचतकर्ताहरुको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सहकारीकी उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाँल, सदस्यद्वय रामलाल महर्जन र अमरभाई बज्राचार्य छन्।
काठमाडौं महानगरपालिका–७ चुच्चेपाटीमा रहेको सहकारीले कर्जा तथा सम्पत्तिहरुमा गैह्रकानुनी रुपमा लगानी गरेको पाइएको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ८ दिन म्याद थपेर उनीहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सहकारीबाट पीडित भएमा ब्यूरोमा सम्पर्क गर्न आह्वान गरिएको छ।










