काठमाडौँ । पछिल्ला केही दिनमा नेप्से परिसूचक १३.०९ अंक घटेर ओरालो लागेको छ । आज (मंगलबार) नेप्सेमा १३ अंकको गिरावट आयो । सोमबार बजार ५५ अंकले घटेको थियो भने आइतबार २५ अंकले घटेको थियो ।
आजसम्म बजार लगातार कारोबार दिन घटेको हो । नेपाल स्टक एक्स्चेन्ज नेप्सेका अनुसार, आज बजार २,६३२.९४ विन्दुमा बन्द भएको छ ।
आज सात अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७० कम्पनीको सेयर मूल्य घटेको छ ।











