सदनको अबरोध खुलाउन सभामुखले गरे दलका प्रमुख सचेतकहरूसँग छलफल



काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतकहरूबीच छलफल सुरु भएको छ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी छन्।

नेकपा माओवादी केन्द्रले सदन अवरोध गर्ने बताएपछि संसद् बैठकअघि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।

प्रतिनिधिसभा बैठक अगाडि हिंसा शब्दमा माओवादीले जनाएको आपत्तिको विषयलाई सहमतिमा टुङ्गोमा पुर्‍याउने तयारी छ।

माओवादीले भने प्रतिनिधि सभामा भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले ‘माओवादी हिंसा’ भन्ने उल्लेख गरेका थिए। उक्त शब्दमा माओवादीको आपत्ति छ। उक्त शब्द नहटाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने माओवादीको तयारी छ।

प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार  १२ : २८ बजे