कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित



काठमाडौं । कुमारी बैंकलाइ भिसा इन्टरनेसनलले दुई अर्वाडद्वारा सम्मानित गरेको छ । बैंकले भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्केल्भ नेपाल २०२४ का अवसरमा ‘एक्सिलेन्स इन कन्जुमर्स क्रेडिट कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अर्वाड प्राप्त गरेको हो ।

बैंकले स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आउँदा दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

आउँदा दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्य गर्दै जाने पनि बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार  ७ : ५० बजे