पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सोमबार सूर्यदर्शन सहकारी पीडित बचकर्ताले पोखरामा प्रदर्शन गरेका छन्।
पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि रास्वपाका सभापति रवि लामिछानेलाई षड्यन्त्रपुर्वक पक्राउ गर्न खोजिएको भन्दै नाराबाजिसहित विरोध प्रदर्शन गरेका हुन्।षडयन्त्रविरुद्ध निरन्तर आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ।
रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडियासहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए।














