धनगढीको शहीद गेट नजिकै निलम होटलमा शक्तिशाली बम विष्फोट ४ जना गम्भिर घाइते



कैलाली,
धनगढीको शहीद गेट नजिकैको निलम होटलमा बिहीबार साँझ विष्फोट भएको छ । विष्फोटमा परि ४ जना गम्भिर घाइते भएका छन् ।

विस्फोटमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह तथा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला घाइते भएका छन् ।

घाइतेमध्ये होटल सञ्चालक पाण्डे र सिंहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको तर पेस्तोल सक्कली वा अरु के हो एकीन हुन नसकेको घटनास्थलमा रहेका प्रहरीले बताएका छन ।

कैलाली प्रहरिले भने घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताउँदै घटनाको प्रकृति हेर्दा बम विस्फोट भएको हुनसक्ने जनाएको छ ।
घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको पहिचान खुल्न बाँकी रहेको छ।

प्रकाशित मिति : श्रावण २, २०७६ बिहिबार  ३ : २४ बजे