आजदेखि नेपालमा पाइप लाइनमार्फत तेल आपूर्ती



काठमाडौं । शुक्रबारदेखि नेपालमा पाइप लाइनबाट तेल आपूर्ती शुरु भएको छ । भारत–नेपाल सहज तेल आपूर्तिका लागि तयार गरिएको मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट तेल आपूर्ती शुरु भएको हो ।

इण्डियन आयल कर्पोरेसन(ओइसी)ले आजदेखि औपचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज गर्न पाइपबाट पानी र तेल नेपाल पठाएपछि यसको शुभारम्भ भएको हो ।
बिहिबार परिक्षणात्मक रुपमा आईओसीले पाइप लाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ ।

निगमका अनुसार भारतको पटनाबाट बिहान विहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो । उक्त पाइपबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको थियो ।

पाइपमार्फत पठाइएको पानी र डिजेल बिहिबार रातीनै अमलेखगन्ज आइपुग्ने भनिएपनि ढिला गरेर शुक्रबार बिहान करिब ८ः३० बजेमात्र आइपुगेको छ ।

नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ती जारी छ ।

स्रोतका अनुसार अहिले तेल भण्डारण गरिदै छ । शुक्रबारनै तेलको परिक्षण गर्ने कार्यक्रम रहेकाले पाइपबाट तेल आउने बित्तिकै तेलको स्याम्पलिङसमेत लिइसकेको अमलेखगन्ज डिपोले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार  ८ : ३३ बजे