काठमाडौं, २० असोज । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न ती राजनीतिक दलहरु दर्ता भएका हुन् ।
आयोगका अनुसार निवेदन दिएको २६ दलमध्ये एक दलले कानुनी रीत पूरा नगरेकाले २५ वटालाई मात्रै अनुमति दिइएको हो । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ ।
‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन आएका २६ राजनीतिक दल मध्ये आयोगको मिति २०८१/०६.२० को निर्णय अनुसार कानूनी रीत पूरा भएका तपसिल बमोजिमका २५ (पच्चीस) राजनीतिक दलहरुलार्इ राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम बमोजिम दर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ।,’आयोगको बिज्ञप्तिमा भनिएको छ ।














