काठमाडौँ । माछापुच्छ्रे बैंकले एम-कार्ड सेवा सुरु गरेको छ। एम-कार्ड सेवामार्फत बैंकका ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन्।
एम-कार्ड सेवा मार्फत ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर, विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाले ग्राहकहरुलाई नौलो अनुभव दिने बैंकको दाबि छ ।
बैंकले हाल यो एम-कार्ड लाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको बैंकले जानकारी दिएको छ।
बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा एम-कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ।एम-कार्ड सेवा मार्फत कार्डलाई पर्सनलाइज्ड गर्नको लागि अनलाइन वा अफलाइन माध्यमबाट बैंकमा सम्पर्क गर्न सकिने पनि बैंकले जनाएको छ।
ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्दै ग्राहकहरुको बैकिङ्ग अनुभवलाई थप उत्कृष्ट बनाउन एम-कार्ड सेवा सुरु गरेको बैंकले जानकारी गराएको छ।














