घुस वापत जग्गा लिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।

एमाले पार्टी कार्यालय बनाउन व्यवसायी गुरुङले दिएको १० रोपनी १४ आना जग्गाको विषयलाई लिएर युवराज सफलले उनीहरुविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । उजुरीकर्ताले ओली–गुरुङलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन् ।

‘विवादास्पद व्यक्तिबाट करोडौं रुपैयाँको जग्गा घुस वापत लिने र करोडौं खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो व्यक्तिगत एवं व्यवासायगत लाभ लिने, आफ्ना मुद्दा खारेज गर्ने नियतका साथ करोडौंको जग्गा घुस दिने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने मानसिव देखिएको‘,’ उजुरीमा भनिएको छ ।

प्रकाशित मिति : कार्तिक १, २०८१ बिहीबार  १२ : ३५ बजे