सेयर बजार २.४७ अंकले बढेर २७४५ मा



१ कात्तिक, काठमाडौं । बिहिबार सेयर बजार सामान्य अंक बढेको छ । नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ ।

बिहिबार कारोबार रकम पनि बढेको छ । यसदिन कारोबार रकम डेढ अर्बले बढेको छ ।

अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो ।

कारोबार रकमका आधारमा कुमारी बैंक, एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : कार्तिक १, २०८१ बिहीबार  ४ : ०९ बजे