सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति पूग्यो ?



काठमाडौं ।स्थानिय बजारमा सुनको मूल्य ३०० बढेर कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार  ११ : ४९ बजे