रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका (रास्वपा)का सभापति लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ । उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजदासमा म्याद थपका लागि लगिएको हो ।

रविसँगै उनका व्यापारितक साझेदार तथा नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको पनि बहस जारी छ ।

अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले म्याद थपका लागि आज अदालतमा पेस गरिएको प्रहरीको भनाइ छ ।रविको बहस भइरहँदा शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  १ : ०७ बजे