काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।














