सुनको मूल्य स्थिर, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ ।

यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोवार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । बिहीबार तोलामा २ हजार ९५ रूपैयाँमा कारोवार भएको चाँदी आज २५ रूपैयाँले घटेर २ हजार ७० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०८१ शुक्रबार  ११ : ०८ बजे