काठमाडौंं । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन्।शुक्रबार निर्वाचन आयोग पुगेर महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक रहेका उनले असोज १ गते उक्त दलको घोषणा गरेका थिए। १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निवदेन दिइएको हो । चुनाव चिह्न माछा माग गरिएको छ ।














