काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार ९.१९ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६१७.९५ विन्दुमा बन्द भएको हो ।
आइतबार चार अर्ब ७३ करोड २४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने ११ को स्थिर रह्यो । जीवन बीमा समूह १.१५, फाइनान्स १.११, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर ०.४७ र व्यापार ०.२० प्रतिशत बढे । यीबाहेकका सबै समूहगत सूचक घटेका छन् ।
बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.३० प्रतिशत घट्यो । पहिलो त्रैमासिक वित्तीय विवरण त्यति सन्तोषजनक नदेखिएपछि यो समूहले लगानीकर्तालाई उत्साह दिन सकेको छैन ।










