एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन,‘बम’ राखेको हल्ला निराधार



काठमाडौँ । एयर इन्डियाको जहाजमा बम राखिएको ‘हल्ला’ निराधार भएको पुष्टि भएको छ।दिल्ली उड्न लागेको उक्त जहाजमा बम रहेको सूचना आएपछि सोमबार अपरान्ह नेपाली सेना र नेपाल प्रहरीको संयुक्त चेकजाँच गरेका थिए।

चेकजाँचपछि उक्त हल्ला निराधार भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

उक्त जहाज दिउँसो ३ बजे त्रिभुवन विमानस्थल अवतरण भएको थियो।

यसअघि गत कात्तिक ६ गते दिल्लीबाट काठमाडौं अवतरण गरेको भिस्तारा एयरलाइन्सको विमानमा बम राखिएको सूचना आएको थियो। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त चेकजाँचपछि उक्त सुचना गलत भएको पुष्टि भएको थियो

पछिल्लो समय भारतीय वायु सेवाका जहाजमा बम राखिएको हल्लाले उडानहरू प्रभावित भइरहेको छ।यसले भारतिय वायु सेवालाइ तनाबग्रस्त बनाएको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार  ६ : २७ बजे