रवि लामिछानेको बयान आज सकिदैं



काठमाडौं । सहकारी ठगीको आरोपमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान लिने काम जारी छ ।

कास्की प्रहरीको हिरासतमा रहेका रविसँगै केही दिनयता प्रहरीले लगातार बयान लिइरहेको छ । मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुखले बताइन् ।

आज बयान सकिएसँगै उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : कार्तिक १४, २०८१ बुधबार  १ : ५२ बजे