काठ्माण्डौ-
पछिल्लो समय नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाको जताततै चर्चा छ ।कला र चलचित्रक्षेत्रबाट पाएको भन्दा बढी चर्चा आपसी झै-झगडाबाट उनिहरुले पाएका छन ।
अन्तर्बार्ता लिनका लागी पत्रकारहरु लाईन लागेका छन ।उनिहरु कलाकार र सार्बजनिक ब्यक्तित्व जरुर हुन तर अरु कुनै बिषय नै नभए झै र उनिहरुको झगडा राष्ट्रीय महत्वको बिषय भए जस्तै गरी प्रचार प्रसार गरिएको छ ।
यसै बिच काठमाडौं जिल्ला अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। बहुबिवाहको जाहेरी दर्ताको आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
छविकी जेठी श्रीमतीले केही दिन अघि काठमाडौं प्रहरी परिसरमा बहुविवाहको मुद्धा दर्ता गराएकी थिइन्।अब प्रहरीले दुबैलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने छ।
तीन वर्षअघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए।नायिका पोखरेलले केही साता अघि आफूलाई श्रीमान(छवि)ले घरेलु हिंसा गरेको भन्दै प्रहरी समक्ष पुगेपछि यो जोडी आफैंमा विवादमा आएको थियो।










