काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आज कास्की जिल्ला अदालतले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । आजबाट तिहार बिदा सकिएर अदालत खुलेकाले पुनः म्याद थपका लागि प्रहरीले उनलाई अदालत उपस्थित गराएको हो।
उनीविरुद्ध पहिलोपटक ६ दिन म्याद थपिएको थियो । दोस्रोपटक सात दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।














