काठमाडौं । अमेरिकाको विस्कन्सिन राज्यस्थित एउटा निजी क्रिश्चन विद्यालयमा एक जना विद्यार्थीले गोली चलाउँदा एक शिक्षक र एक विद्यार्थी मारिएका छन् भने ६ जना घाइते भएका छन् ।
म्याडिसनका प्रहरी प्रमुख सन बार्न्सले हमलाकारी १५ वर्षीया किशोरी रहेको बताए।
अधिकारीहरूले ती आक्रमणकारी गोली चलाउनुअघि अबन्डेन्ट लाइफ क्रिश्चन स्कुलमा उपस्थित रहेको र उनको शव घटनास्थलमा नै फेला परेको बताएका छन्। घाइते ६ जना विद्यार्थीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
आजको दिन म्याडिशनका लागि मात्र नभएर हाम्रो देशकै लागि दुःखको दिन हो, प्रमुख बार्न्सले भने।
उनका अनुसार प्रहरीले गोली प्रहार गर्नुको उद्देश्य पत्ता लगाउन सकेको छैन र हमलामा संलग्न रहेको ठानिएका व्यक्तिका परिवारले प्रहरीलाई अनुसन्धानमा सघाइरहेका छन् । बीबीसि बाट














