काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १०१औँ जन्मजयन्ती मनाइँदैछ ।
नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ भट्टराईको जन्मजयन्ती मनाउन लागेका हुन् ।
विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।
भट्टराईलाइ एक सच्चा,देशप्रेमि र सन्त नेताको रुपमा सम्मान ब्यक्त गरिदै आएको छ ।














