रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउ



काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट भुसाललाई पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ परेका भुसाललाई साइबर मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

भुसालले लामिछानेको फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि डिलिट गरेका थिए। पछि रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोराले उक्त फोटो फेसबुकमा राखेका थिए।

प्रकाशित मिति : पुस ८, २०८१ सोमबार  १० : २८ बजे