काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रविको बयान ७ नम्बर इजालसमा हुने भएको छ। जिल्ला अदालत कास्कीमा न्यायाधीश नीतिज राईको इजलासमा पेशी तोकिएको छ ।
बयानका लागि पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालत पुर्याइसकिएको छ।
यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । रवि लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा अभियोग दर्ता भएका रविसँगै कास्की प्रहरीको हिरासतमा पूर्वडिआइजी छविलाल जोशी, गीता पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङकोसमेत आजबाट बयान हुँदैछ।














