रुसले धेरै भन्दा धेरै युक्रेनी युद्धबन्दीलाई मृत्युदण्ड दिइरहेको दाबी



काठमाडौं ।रुसी फौजले मृत्युदण्ड दिएपछि ओलेक्सान्डर मटियाभ्स्की युक्रेनमा चर्चित अनुहार बनेका छन् ।

युक्रेनी निशानेवाज ओलेक्सान्डर मटसिएभ्स्कीलाई रुसीहरूले पूर्णस्तरको युद्ध सुरु भएको पहिलो वर्ष कब्जामा लिएका थिए।

पछि, एउटा भिडिओ सार्वजनिक भयो जसमा उनले जङ्गलमा अन्तिम पटक चुरोट खाइरहेको देखिन्थ्यो। उनलाई खन्न बाध्य पारिएको एउटा चिहान नजिकै उक्त भिडिओमा उनी देखिएका थिए।

भिडिओमा उनले आफूलाई बन्धक बनाउनेहरूका सामु युक्रेन जिन्दावाद१ू भन्छन्, र त्यसपछि गोली चलेको आवाज सुनिन्छ अनि उनी ज्यान गुमाएर ढल्छन्।

यसै वर्षको अक्टोबरमा रुसी फौजले कब्जामा लिएका भनिएका ९ युक्रेनी सैनिकहरूलाई कुर्स्क क्षेत्रमा मारिएको थियो।

युक्रेनी अभियोजकहरूले उक्त घटना र भुईँमा अर्धनग्न शरीरहरू छरपष्ट देखिने एउटा फोटोका बारे अनुसन्धान गरिरहेका छन्। उक्त तस्बिरको आधारमा एक ड्रोन सञ्चालक रुस्लान होलुबेन्कोको शरीरलाई उनका अभिभावकहरूले पहिचान गरेका थिए।

मैले उनको भित्रीवस्त्र देखेर उनलाई चिने, उदास मुद्रामा देखिएकी उनकी आमाले स्थानीय प्रसारकसँग भनिन्। मैले समुद्रतिर घुम्न निस्कनुअघि उनलाई त्यो किनिदिएकी थिएँ। उसको काँधमा गोली हानिएको रहेछ भन्ने पनि मैले थाहा पाएँ। तपाईँ त्यो तस्बिरमा पनि देख्नसक्नुहुन्छ।

दण्ड दिने नाममा मारिएकाहरूको सूची लामो छ। युक्रेनी अभियोजनकर्ताहरूले टाउको छिनाएर बन्दीहरूलाई मारिएको भनिएका घटनाहरूका विवरण र एक जना युक्रेनी सैनिकलाई पछाडि हात बाँधेर तरबार हानेर मारिएको घटनाको अनुसन्धान गरिरहेका छन्। बीबीसि बाट

प्रकाशित मिति : पुस ८, २०८१ सोमबार  ३ : २८ बजे