डीपी अर्याल बने रास्वपाको कार्यवाहक सभापति



काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिका जिम्मेवारी डोलप्रसाद अर्यालले पाएका छन् ।

सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा मुद्दा चलेपछि उपसभापति रहेका अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

सोमबारको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : पुस ८, २०८१ सोमबार  ५ : ४५ बजे