काठमाडौं । कजाखस्तानको अक्ताऊ शहरमा बुधवार अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटना भएको छ। स्थानीय अधिकारीहरूको अनुसार ६७ जना सवार विमान दुर्घटनामा परेको हो।
कजाखस्तानको आपतकालीन मन्त्रालयका अनुसार जहाजमा सवारमध्ये २५ जना बच्न सफल भएका छन्। २२ जनालाई अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनामा परेको विमानमा ६२ जना यात्रु र ५ जना क्रू सदस्य थिए।
समाचार एजेन्सी रोयटर्सले रूसी समाचार एजेन्सीलाई उद्धृत गर्दै बाकूबाट रूसको चेचन्याको ग्रोजनीतर्फ जाँदै गरेको विमान दुर्घटनामा परेको उल्लेख गरेको छ। तर बाक्लो कुहिरोका कारण जाहजले मार्ग परिवर्तन गरेको थियो।














