सहकारी ठगी प्रकरण: रविलाई बयानका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराईयो



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको हो ।

जिल्ला अदालत कास्कीका अनूसार छविलाल जोशीको बयान सकिएपछि लीला पछाईको बयान चलिरहेको छ । लीला पछाईको बयान सकिएपछि रविको बयान सुरु हुनेछ ।

प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार  ११ : ५६ बजे