जिल्ला अदालत कास्कीमा रवि लामिछानेको बयान सूरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा बयान सूरु भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा उनको बयान सूरु भएको हो ।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा लगाइएको छ ।

शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ ।

प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार  २ : ४५ बजे