पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने जोडिएको मुद्दामा कास्की जिल्ला अदालतमा मंगलबार थुनछेक बहस सुरु हुने भएको छ।
कास्की अदालतले मंगलबारै अभियुक्तको बयान सकेर थुनछेक बहस सुरु गर्ने तयारी गरेको हो।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा अभियुक्तहरूको बयान अन्तिम चरणमा पुगेको छ। हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको छ।
लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग बयान सकिएको छ।
न्यायाधीश नितिज राईको इजलासले यो मुद्दामा थुनछेक बहस सकिएपछि आदेश जारी गर्नेछ।
सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ।














