काठ्माण्डौ-
अमेरिकाको नर्थ डाकोटा फार्गोलाई आफ्नो कर्मथलो बनाउँदै नेपाली गीत संगीतको क्षेत्रमा यात्रा अघि बढाईरहेका प्रतिभावान गायक ललित राईले आफ्नो पहिलो गीत ” लेकैको काने ” सार्बजनिक गरेका छन् ।
लोकप्रिय गितकार डि. पी. खनालको शब्द रचना रहेको “लेकैको काने” का संगितकार : मनोज थापा मगर हुन् भने देबेश राईले यस गीतमा संगीत संयोजन गरेका छन्।
नेपालको चर्चित डान्स ग्रुप ” भिमफेदी गाइज ” र नेपाली हाँस्य टेली सिरियल “भद्रगोल”कि रक्षा श्रेष्ठको जोडदार अभिनय रहेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छाँयाकन,बिकाश ज्ञवालीको सम्पादन तथा भिमफेदी गाइजका निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ।
नेपाली ठेट तथा मौलिक शब्द बोकेको गीतको भिडियोले पञ्चायतकालिन ग्रामीण स्कुले जिवन र प्रेम कथालाई सुन्दर तथा हंस्यौली ढंगमा प्रस्तुत गरेको छ।
आईत मोक्तानको लगानी रहेको गीति भिडियोलाई “डश म्युजिक नेपाल” मार्फत सार्बजनिक गरिएको छ।
भिडियो हेर्नुहोस-










