रबिलाई आज पुनः अदालत लगिँदै,थुनछेक आदेश आजै आउन सक्ने



काठमाडौं, माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिँदैछ ।

लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतवारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ ।

बहस नसकिएको भन्दै आइतबार र सोमवार उनलाइ हिरासतमा राख्न आदेश दिएका हुन ।

बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानूनी लडाइ लडने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : माघ २, २०८१ बुधबार  १० : ०१ बजे