२४.५० अंकले बढ्यो सेयर बजार, ९ अर्ब ४० करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) २४.५० अंकले बढेको छ । मंगलबार नेप्से ०.९३ प्रतिशतले बढेर २६५७.७७ को विन्दुमा पुगेको छ ।

यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४.०७ प्रतिशत बढेको छ । बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८, उत्पादन १.२३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.२८, अन्य १.७४ र व्यापार ०.२४ प्रतिशत बढे ।

अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको कारोबार भएको छ ।

समग्रमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार  ४ : १५ बजे