मधेश केन्द्रित ८ दलीय मोर्चाले बनायो कार्यदल,मधेस केन्द्रित दलहरूको सहकार्य बढाउने



काठमाडौं । मधेश केन्द्रित आठ दलले आगामी दिनमा मोर्चालाई कसिलो बनाउन कार्यदल गठन गरेको छ।

सिंहदरबारमा बिहिवार बसेको बैठकले सबै दलीयबाट एक(एक जना सदस्य रहने कार्यदल बनाएको हो।

जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन र नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी सदस्य छन्।

यस्तै लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव र तमलोपाबाट व्रजेश सिंह पनि कार्यदलका सदस्य छन्।

अब कार्यदल दस्तावेज लेख्ने काममा केन्द्रित हुनेछ।

संविधान संशोधन, निर्वाचन ऐन संशोधनलगायतका विषय सरकारले अघि बढाएपछि समान विचार राख्ने दलहरु एकैठाउँमा आएको सुमनको भनाइ छ।

प्रकाशित मिति : माघ १७, २०८१ बिहिबार  ८ : ५३ बजे