पुन:म्यादथपकालागी रबी लामिछनेलाईअदालत लैजाने तयारि, भरतपुरका बिभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा



चितवन-

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि चितवन जिल्ला अशान्त बनेको छ । पत्रकार रबी लामिछानेको पक्षमा चितवनमा ठुलो प्रदर्शन भ इ रहेको छ भने उनको बिपक्षमा पनि केहि प्रदर्शनअहरु भएका छन ।

प्रहरी स्रोतका अनुसार, प्रहरीले भोली पुनः म्याद थपका लागि लामिछानेसहितका तीनै जनालाई अदालतमा उपस्थिति गराउने तयारी गरे पछी त्यहाँको सुरक्षा ब्यबस्था थप कडा बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको जानकारी दिए । निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको बताए ।

यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् ।दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : भदौ २, २०७६ सोमबार  ४ : २५ बजे