काठमाडौं । स्थानिय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।














